परिचय
माझी समुदाय झापा (MAJHI COMMUNITY JHAPA) माझी जातिको इतिहास, भाषा, धर्म, संस्कार, संस्कृति, भेषभुषा, रितिरिवाज, परम्परा लगायत यस जातिसँग सम्बन्धित सम्पूर्ण पक्षहरूको संरक्षण, प्रवर्द्धन गर्नका निम्ति संचालनमा आएको डिजिटल प्लाटफर्म हो।
माझी जाति नेपाल सरकारद्वारा सूचिकृत ५९ आदिवासी जनजातिमध्ये अति सिमान्तकृत समुहभित्र पर्ने एक जाति हुन् जसको छुट्टै भाषा, धर्म, संस्कार–संस्कृति, परम्परा आदि छन् ।परापूर्वककालदेखि नै खोला नाला, कोशीको किनारमा बसोबास गर्ने, माछा मार्ने, डुंगा चलाउने, मर्चा बनाउने, खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएको यो समुदाय शिक्षा, जनचेतना एवम् आर्थिक अभावका कारण सामाजिक, राजनीतिक, शैक्षिक, आर्थिक लगायत विभिन्न क्षेत्रमा अत्यन्तै न्युन पहुँच रहेको छ । विश्वव्यापिकरण, प्रविधि र विकासको गतिले तिब्र रूपमा फड्को मारिहँदा पनि यस जातिसँग सम्बन्धित विभिन्न सूचना एवम् जानकारीहरू प्राप्त गर्ने छिटो, छरितो र भरपर्दो माध्यमको विकास हुन नसकिरहेको अवस्था छ ।
यहि अवस्थालाई पार गर्दै केही व्यक्ति तथा संस्थाहरूको सहयोग र सहकार्यमा “माझी समुदाय झापा – Majhi Community Jhapa” नामको एक वेवसाइटको स्थापना गरिएको छ । यस वेवसाइटमा मुलत: माझी जातिको इतिहास, भाषा, धर्म, संस्कार, संस्कृति आदिसँग सम्बन्धित सूचना एवम् जानकारी लगायत विभिन्न सामाग्रिहरू प्रकाशित गरिनेछ । माझी जातिका सम्बन्धमा विगतमा भएको अध्यन, अनुसन्धान, भाषा-साहित्य साथै पेषा, कला, गीत, संगीत, माझी जातिको उत्थान र विकासमा योगदान गर्नुहुने महत्वपूर्ण व्यक्ति-व्यक्तित्वका बिचार, अनुभव तथा प्रेरक सन्दर्भहरू लाई महत्वपूर्ण स्थान दिइनेछ ।
देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण माझी समुदाय तथा माझी जातिको सन्दर्भमा अध्यन, खोज, अनुसन्धान एवम् थप जानकारी हासिल गर्न चाहने जोकोहिको लागि यो वेवसाइट कोसेढुङ्गो साबित हुनेछ ।
Our Vision : “माझी जातिको भाषा, धर्म, संस्कृति, पहिचानको संरक्षण, प्रवर्द्धन तथा विकास लाई निरन्तरता दिँदै पुस्तान्तरण गर्नु ।
Meet our TEAM
“Meet the passionate and dedicated team behind this, committed to serving and empowering our community.”

Mr. Subarna Majhi
Founder, CEO & Administrator

Punam Majhi
Photographer & Multimedia Contributor

Pratikshya Majhi
Web Developer & Technical Support

Man Bahadur Majhi
SEO & Digital Outreach Specialist

Dorana Bahadur Majhi
Social Media & Promotion Manager

Tirtha Bahadur Majhi
Translator & Language Coordinator

Sunita Majhi
Community Manager & Outreach Coordinator

Pabita Majhi
Graphic Designer & Visual Coordinator

Srijana Majhi
Content Creator & Editor
“We are just a team managing this website; the real credit belongs to all of you.”
Have a Questions?
यस वेवसाइटसँग सम्बन्धित तपाईंको मनमा कुनै प्रश्न, जिज्ञासा, गुनासो, सल्लाह, सुझाव वा प्रतिक्रियाहरू भए निर्धक्क भएर हामीलाई लेखि पठाउनुहोस ।
If you have any questions, concerns, complaints, advice, suggestions, or feedback about this website, we’re here to listen.
Feel free to reach out to us anytime!
Your message has been sent
You can share your thoughts using Form above or by clicking the ‘Give Us Feedback‘ button to fill out a Google Form.”
तपाईको सल्लाह, सुझाव वा प्रतिकृयाहरू हाम्रो लागि अमुल्य उपहार हुन् ।


