माझी जाति (Majhi Caste)

माझी जाति नेपालमा बसोवास गर्ने जातिहरू मध्यको एक जाति हो । माझी जाति छुट्टै भाषा, धर्म, संस्‍कार–संस्‍कृति, परम्‍परा भएका आदिवासि जनजाति हुन् । माझी जाति नेपाल सरकारद्वारा सूचिकृत ५९ आदिवासी जनजातिमध्ये एक हुन् । यस जाति खोला, कोशीको किनारमा बसोबास गर्ने, माछा मार्ने, डुंगा चलाउने, मर्चा बनाउने, खेतीपाती गरेर जीविकोपार्जन गर्ने जाति हुन् । यो जाति मूलतः सप्तकोशीका सहायक नदीहरूका छेउछाउ, मध्य तथा पूर्वी क्षेत्रका भित्रीमधेश र मधेशमा बसोबास गर्दछन् । हाल आएर तराईका सहनी, गोडी, मलाहा, थारू, दुषाद, हल्खोर, डुम, हाडी, मुसहर, भित्रिमधेशका बोटे, पश्चिम नेपालका केही खस क्षेत्री, रायमाझी इत्यादिले पनि माझी लेखेका हुनाले वास्तविक माझी जातिको पहिचानमा संकटमा परेको छ । माझी जाति अतिसीमान्तकृत समूहमा पर्दछन् ।

नेपालभारतभुटान तथा अन्य स्थानहरूमा माझी जाति छरिएर बसोबास गरिरहेका छन् । विशेषत उनीहरू हिन्दू धर्मावलम्बीहरू हुन् ।

इतिहास र परिचय

यो जातिको मुख्य पेशा माछा मार्ने, डुङ्गा चलाउने हो । हाल, माझी जातिहरू माछा मार्ने परम्परागत पेशमा मात्र आवद्ध नभई विभिन्न पेशा व्यवसाय गरिरहेका छन् । नेपालका विभिन्न आदिबासी जनजातीहरूमध्ये “माझी” हरू पनि एक हुन् । अन्य जनजाती आदिबासीहरूको जस्तै यिनीहरूको पनि आफ्नै अलग्गै बस्ने थलो, भाषा, पहिरन, संस्कृति, पहिचान आदि रहेको हुन्छ । प्रायजसो यिनीहरू शान्त, सहयोगी र लजालु स्वाभावका हुन्छन् । यही स्वभावका कारणले होला सामाजीक र आर्थीक रूपले पछाडी परेको छन् ।

माझीहरूको भनाइ अनुसार सृष्टीको शुरुवातदेखि नै यिनीहरूको “नदी”सँग आत्मीय र विशेष सम्बन्ध रहेको छ । यिनीहरूको प्रमुख परम्परागत व्यवसाय भनेको आफैलें काठको डुङ्गा बनाई त्यस मार्फत मानिसहरूलाई नदी वारपार गराउनु र प्राकृतिक जलाशयहरूमा रहेका माछा मार्नु खेती किसानी र पशुपालन हो । पुरा पढ्नुहोस्…

पदाधिकारीहरू

अङ्गध्वज माझी

अध्यक्ष

केशरी माझी

उपाध्यक्ष

सुरेश माझी

उपाध्यक्ष

पुनम माझी

सचिव

शान्ती माझी

सह-सचिव

प्रकाश माझी

कोषाध्यक्ष

सदस्यहरू

श्रीमान माझी

शिवसताक्षी-९, झापा

शेर बहादुर माझी

शिवसताक्षी-९, झापा

बिकाश माझी

मेचीनगर-८, झापा

जय बहादुर माझी

दमक-३, झापा

अनिता माझी

बिर्तामोड-९, झापा

तुलसा माझी

भद्रपुर-५, झापा

नरमाया माझी

कमल-५, झापा

बुद्धिमान माझी

शिवसताक्षी-७, झापा

सुजन माझी

कनकाई-५, झापा

परिचय – Introduction

सम्पर्क (Contact us)

We’d love to hear from you! Whether you have questions, suggestions, or just want to say hello, feel free to reach out to us through any of the following means:

Address

Shivasatakshi Municipality, Jhapa

Koshi Province, Nepal

Phone

+9779817****83

+9779817****83

विभिन्न कार्यक्रमका तस्बिरहरू

Newsletter

Go back

Your message has been sent

“Website मा प्रकाशित भएका सामाग्रीहरूको Notification आफ्नो इमेलमार्फत प्राप्त गर्न तलको फर्म भरी SUBSCRIBE मा Click गर्नुहोस्।”

अक्षयकोषमा आवद्ध हुनका लागि
सम्पर्क : ९८२४९५३४२०
अध्यक्ष – ने.मा.उ.सं., मेचीनगर कार्यसमिति