माझी : समयको खोलामा हराएको एक समुदाय

नेपाल आदिवासी जनजाति समुदायको साझा भूगोल हो। भौगोलिक रूपमा विविधतापूर्ण नेपालको पूर्वदेखि पश्चिमसम्म विभिन्न आदिवासी तथा जनजातिहरूको बस्तीले सजिएका छन्। कुल जनसंख्याको ३५.८ प्रतिशत आदिवासी जनजाति छन्। नेपालले ५९ वटा यस्ता समुदायलाई कानुनी मान्यता दिएको छ। सामान्यतः आदिवासी जनजातिका धेरै समुदाय सीमान्तकृत र बहिष्करणमा परेका छन्।

कुनै समुदाय जतिसुकै पिछडिएको वा सीमान्तकृत किन नहोस्, समाजमा आफ्नै छुट्टै पहिचान, इतिहास, कला र संस्कृतिले चिनिन्छ। अधिकांश अवस्थामा यी समुदायका लागि कला र संस्कृतिले उनीहरूको जीविकोपार्जनलाई निरन्तरता दिन मद्दत गर्दछ ।

माझी समुदायको बसोबास काठमाडौंकै नजिकदेखि टाढासम्म पनि भेट्न सकिन्छ। काठमाडौं नजिक काभ्रेदेखि उनीहरूको बसोबास सुरु हुन्छ। खोलामा गएर माछा मारेर आफ्नो जीविका चलाउने र डुंगा बनाउने समुदाय भएका कारणले यिनीहरूको नाम माझी हुन गएको हो।

Comments

This page has been viewed 0 times.